सुनको मूल्य ८ सय रुपैयाँ घट्यो



काठमाडौँ । बिहीबार  नेपाली बजारमा सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यस दिन प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । जेठ २५ गते सुनको भाउ तोलमा १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७८० रुपैयाँमा झरेको छ ।
कस्तो महसुस भयो रु

प्रतिक्रिया दिनुहोस्