दुबई उड्न लागेका गायक राजेशपायल राईलाई अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि एयरपोर्टबाट फर्काइयो



काठमाडौँ । दुबईमा सांगितिक कायर्यक्रममा जान लागेका गायक राजेशपायल राईलाई एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइदिएको छ । राई फ्लाई दुबईबाट दुबई जान लागेका थिए ।

अत्यधिक मदिरा सेवन गरेर बोडिङ पास भएपछि जहाजमा होहल्ला गरेका कारण एयरलाइन्सले प्रहरीको जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआईजीपी० राजदत्त जोशीले जानकारी दिए ।

 राईले अत्यधिक मदिरा सेवन गरेर जहाजमा होहल्ला गरी त्यहाँ पालना गर्नुपर्ने नियम पालना नगरेकाले एयरलाइन्सले प्रहरीको जिम्मा लगाएको छ । राई अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । उनलाई छोडेर जहाज दुबई उडिसकेको छ । जहाजमा मदिरा सेवन गर्न पाइने भए पनि अन्य यात्रुसँग होहल्ला गर्न नपाइने नियम रहेको र त्यो नियम राईले उल्लङ्घन गरेकाले जहाजले फिर्ता पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्