![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2024/06/hatii.png?fit=1200%2C720&ssl=1)
झापा । मेचीनगर नगरपालिका–३ मा बिहीबार बिहान एउटा हात्ती मृत अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर ३ को सुकेनिन्दा खोला किनारमा हात्ती मृत भेटिएको हो ।
झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशुविशेषज्ञ टोली बोलाएको जानकारी दिए । रासस