फिल्ली क्याफेको पुलचोक लबिम मल, ठमेल तथा बौद्धमा शाखा विस्तार



काठमाडौँ । एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रा।लि।ले चियाको पारखी तथा नेपाली चियाको संस्कारलाई विश्व बजारमा प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय स्तरको चिया स्वादलाई नेपालीहरू माझ चिनाउन दुबईको सुप्रसिद्ध चिया ब्रान्ड फिल्ली क्याफे नेपालमा भित्राएको छ । पहिलो आउटलेट १४ अप्रिल २०२३ मा काठमाडौँको लाजिम्पाटमा खुलेसँगै लाजिम्पाट लगायत ठमेल, बौद्ध तथा लबिम मल – पुलचोकमा गरी आफ्नो ४ आउटलेटहरु बिस्तार गरी एक कार्यक्रमका बिच फिल्ली क्याफेको औपचारीक समुद्घाटन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि रहिफ फिल्ली –संस्थापक, सिईओ फिल्ली क्याफे, फिल्ली क्याफे नेपालका सञ्चालकद्धय नविन खड्का र धुब्र रिजाल, फिल्ली क्याफे नेपालका महाप्रबन्धक बिक्की खड्का, विशेष अतिथि महानायक राजेश हमाल, विशेष अतिथि क्रिकेटर सोमपाल कामी लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

फिल्ली क्याफेले चियाको पारखीहरूका लागि ४ ओटा शाखाहरु मार्फत सेवा सञ्चालनमा ल्याएको छ । चााडै नै पर्यटकीय नगरी पोखरामा समेत शाखा बिस्तार सहित आगामी ५ वर्षमा नेपाल अधिराज्यभर २५ ओटा भन्दा बढी शाखा सञ्चालनमा ल्याउने योजना रहेको फिल्ली क्याफे नेपालका सञ्चालक नविन खड्काले जानकारी गराए ।

युवाहरू बिदेशीने बढ्दो क्रमलाई मध्यनजर गर्दै स्वदेशमै हस्पिट्यालिटि बिजनेशमा रोजगारीको अवसर सृजना गरी युवालाई स्वदेशमै स्वाबलम्बन हुन अभिप्रेरित गर्ने उद्धेश्य सहित दक्ष जनशक्ति र सिप अभिमुखिकरणका लागि फिल्लीका आउटलेटहरुले अवसर प्रदान गर्ने लक्ष्य कम्पनिले लिएको छ । यस बाहेक आफ्नै बेकरी उत्पादन, सेंटल किचेन र बारिस्टा कोर्सहरुको पनि तयारी गरिरहेको कम्पनीका सञ्चालक धु्रब रिजालले बताए ।

बढ्दो चिया संस्कृतिलाई आत्मसात गर्दै फिल्ली क्याफे आफनै विशेष स्वाद पस्कदै ग्राहकहरुको मन जित्न सफल भएको छ । जैविक उत्पादन र ताजा पारम्परिक तरिकामा पकाइएको खाना, उत्कृष्ट सेवा र आकर्षक इन्टेरिएर एवम् कोलाहल मुक्त वातारणले गर्दा आफु यस क्याफेको रेगुलर ग्राहक भएको विशेष अतिथि महानायक राजेश हमालले बताए ।

“रफिह फिल्लीले काठमाडौंमा फिल्ली क्याफे ल्याउन पाउँदा हर्षित छौँ र चिया पारखीहरूका आकर्षक गन्तव्य बन्नेमा हामी ढुक्क रहेको बताउनुभयो । आकर्षक इन्टेरिएर डिजाइन तथा समाजिक भेटघाट तथा सहरका पायक पर्ने स्थानहरूमा फिल्लीका आउटलेटहरु सञ्चालनमा आएका छन् जसले गर्दा चियाका पारखीकाहरुका लागि यो क्याफे विशेष रोजाइमा परेको छ ।

दुबई मा एक सानो स्थानीय क्याफेको रूपमा शुरू भई चिया प्रेमीहरूलाई सेवा गर्दै, हाल १५ ओटा देशहरूमा आफनो चेन बिस्तार तथा स्थापित गरिसकेको फिल्ली आज चियाको लागि प्रतिष्ठित नाम हो । आज, फिल्ली यस्को सिग्नेचर ’जाफ्रान टी’ को लागि परिचित छ, जुन चियाकोे अनुपम मिश्रण हो । साथै फिल्ली क्याफेले विभिन्न प्रकारका खाजा र पेय पदार्थहरू पनि समावेश गर्दछ । आइस्ड चिया, मिल्कशेक मकटेल, बन कबाब, स्यान्डविच, मोमो लगायतका मेनुले भारतीय तर मध्य पूर्वी खानाका स्वादहरूलाई पूरा गर्दछ । यूएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, भारत र मौरिससमा गरी करिब १५ ओटा देशहरूमा आफ्नो बलियो उपस्थितिको साथ अहिले नेपालमा ४ ओटा शाखा सहित सञ्चालनमा रहेको फिल्ली क्याफे संसारभरि एक प्रसिद्ध र प्रिय चिया ब्रान्डको रुपमा परिचित छ ।

प्रतिक्रिया दिनुहोस्