नेपाल भारत खुला सीमा संवाद समूहबिच अन्तरक्रिया कार्यक्रम  सम्पन्न 



वीरगन्ज । नेपाल भारत खुला सीमा संवाद समूह, पर्साको आयोजना र डा। राजिव झाको अध्यक्षतामा खुला सीमाऔ सुमधुर सम्बन्धको सेतु विषयक अन्तर्क्रिया कार्यक्रम वीर गन्जमा सम्पन्न भएको छ। कार्यक्रममा दुवै देशका अगुवाहरूको उपस्थिति रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले नेपाल र भारतको आधुनिक सीमा र नाम राखिनु अघि देखि नै जनता जनता बिच सम्बन्ध कायम रहेको स्मरण गराए । उनले भने, नेपाल र भारतको सम्बन्ध दिल्ली र काठमाडौँको नियम कानुनले मात्रै चल्न सक्दैन किनकि  यहाँ बहु आयामिक सम्बन्ध छ । खुला सीमा अवसर हो दुवै देशको लागि र यहाँका जनता रक्षक हुन।

कार्यक्रममा भारतका समाजसेवी महेश अग्रवाल , चन्द्रकिशोर, प्रदेश सदस्य श्याम पटेल, डा। घनश्याम ठाकुर, नेजामुदिन समानी,  कृष्णा पटेल, रम्भा मिश्र , शिव पटेल, शिपु तिवारी, देवेन्द्र मिश्र , अशोक वैद्द्य, भारतीय महावाणिज्यदूतावासका शशि भुषण जि, अनिरुद सिंह कल्वार  लगायत समाजका अगुवा, बुद्धिजीवी , प्राध्यापक , अधिवक्ता , पत्रकार, राजनीतिकर्मीको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्