लमजुङ पहिरो अपडेट : बेपत्ता ४ जनाको शव भेटियो



लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिका९३ मा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको हो ।

मङ्गलवार राति बगुमस्थित पच्युटोलमा पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्