महिला एशिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल र युएई खेल्ने



काठमाडौँ । श्रीलङ्कामा आउँदो जुलाईमा हुने एसीसी महिला एशिया कप क्रिकेट सन् २०२४ को उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका छन् ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले हिजो सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ तारिखमा हुने उद्घाटन खेलमा नेपाल र युएई खल्दै छन् ।

यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो । समूह ‘ए’ मा रहेको नेपालले अब पाकिस्तानसँग जुलाई २१ तारिखमा खेल्नेछ भने भारतसँग जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्यान्ड रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले यसअघि सन् २०१२/ २०१६ मा टी–२० महिला एशिया कप खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्