नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ । नेपाली बजारमा आज बुधवार सुनको मूल्य ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, बुधवार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्