करण परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार



काठमाडौं । नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गितार उपहार दिएका छन् । बुधबार बिहान बालुवाटार निवासमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गितार उपहार दिएका हुन् ।

खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।

युवापुस्तासँग आफू सँगसँगै रहेको बताउँदै उनले सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मिहिनेत गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्