विराटनगरमा खोलामा आएको बाढी बस्तीमा, ५०० बढी घर डुबानमा



विराटनगर । निरन्तरको वर्षासँगै खोलामा आएको बाढी बस्तीमा पसेको छ । विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया रहेका खोलाको बाढी तटीय बस्तीमा पसन थालेको मोरङ प्रहरी जानकारी गराएको हो ।

खोलाको बाढी विराटनगर महानगरपालिका९६ स्थित खोला आसपासका बस्तीमा पस्दा करिब ५ सय घरमा पसेको वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए ।

वडा नम्बर १२ को बस्तीमा केसलिया खोलाको बाढी पसेको छ । सो वडा खोला किनारका ६० बढी घर डुबानमा परेका छन् ।

पानीको बहाव बढेपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । मङ्गलवार रातिदेखि परेको पानी नरोकिएका कारण विराटनगरका विद्यालय पनि बिदा भएको छ ।

महानगरले अवस्था अनुसार निर्णय गर्न निर्देशन दिएपछि अधिकांश विद्यालय बिदा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्