केन्यामा फाइनान्स बिलको विरोधमा आन्दोलनकारी संसद्मा प्रवेश,१० जनाको मृत्यु



काठमाडौँ । केन्यामा बढ्दो कर वृद्धिको वित्त विधेयकको विरोधमा प्रदर्शनकारीहरू मङ्गलवार संसद्मा प्रवेश गरेका छन् ।  संसद्को एक भागमा पनि आगजनी गरिएको छ । आन्दोलनकारीको आक्रोश देखेर सांसदहरू सदन छाडेर भागेका थिए । यसअघि सोमबार पनि सुरक्षाकर्मी र प्रदर्शनकारीबिच पटक पटक झडप भएको थियो । यी झडपमा हालसम्म १० जनाको मृत्यु भइसकेको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।

केन्या सरकारले रोटीमा १६ प्रतिशत भ्याट र मोटर गाडीमा २.५ प्रतिशत भ्याट लगाएको छ । यसको विरोधमा आन्दोलनकारी सडकमा उत्रिएका छन् । मङ्गलवार, यी प्रदर्शनकारीहरू नैरोबीको संसद्मा जबरजस्ती प्रवेश गरे। यहाँ आन्दोलनकारीले संसद् भवनको एक भागमा आगजनी समेत गरेका छन् ।

केन्या मानव अधिकार आयोगले मङ्गलवार प्रदर्शनकारीहरूमाथि गोली प्रहार गर्ने अधिकारीहरूको भिडियो साझा गर्दै उनीहरूलाई जबाफदेही बनाइने बताएको छ।

प्रतिक्रिया दिनुहोस्