बजेटको पक्षमा मतदान गर्न एमालेको ह्विप



काठमाडौँ । नेकपा एमालेले पार्टीका सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । पार्टीका प्रमुख सचेक महेश बर्तौलाले बजेटको पक्षमा मतदान गर्न सांसदलाई ह्विप जारी गरिएको जानकारी गराएका हुन् ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा बजेटलाई निर्णयार्थ पेस तयारी भएपछि सांसद्हरुलाई अनिवार्य बैठकमा उपस्थित हुन पनि एमालेले निर्देशन गरेको छ ।

यसअघि नेकपा माओवादी केन्द्रले पनि बजेटको पक्षमा मतदान गर्न सांसद्हरुलाई ह्विप जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्