पोर्चुगल र टर्की आमनेसामने हुँदै



काठमाडौँ। युरोकप २०२४ अन्तर्गत समूह एफ को खेलमा पोर्चुगल र टर्की शनिवार आमने सामने हुँदै छन्।  नेपाली समयअनुसार टर्की र पोर्चुगलबीचको यो खेल सिग्नल इडुना पार्कमा ९:\४५ बजेबाट सुरुआत हुनेछ। समूह एफको आ–आफ्नो पहिलो खेलमा विजयी हासिल गरेका दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन्।

पोर्चुगलले आफ्नो पहिलो खेलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। यता, टर्कीले जर्जियालाई ३–१ गोलले परातिज गरेको थियो।

जारी युरोकपमा समान एकबाट तीन अङ्क जोडेको टर्की गोल अन्तरको आधारमा पहिलो र पोर्चुगल दोस्रो स्थानमा रहेको छन्। यस्तै, सोही समूहको अर्को खेलमा चेक रिपब्लिकले जर्जियाको सामना गर्ने छ। यो खेलमा साँझ ६:४५ बजेबाट सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्