कमिन्सको कीर्तिमान, ट्वान्टी–२० विश्वकप २०२४ मा ह्याट्रिक विकेट लिने पहिलो बलर



pat cummins

काठमाडौँ। अस्ट्रेलियाका तीव्रगतिका बलर प्याट कमिन्सले ट्वान्टी–२० विश्वकप २०२४ को ४४ औँ खेलमा इतिहास रचेका छन्। उनले बंगलादेशविरुद्ध अस्ट्रेलियाको खेलमा लगातार तीन बलमा तीन विकेट लिएका थिए।

कमिन्स ट्वान्टी–२० विश्वकप २०२४ मा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। यति मात्र होइन, उनी ट्वान्टी–२० विश्वकपमा ह्याट्रिक विकेट लिने दोस्रो अस्ट्रेलियाली र समग्रमा सातौँ खेलाडी बन्न सफल भएका छन् । कमिन्सभन्दा पहिले ब्रेट लीले करिब १६ वर्षअघि सन् २००७ ह्याट्रिक विकेट लिएका थिए।

यसबाहेक कर्टिस क्याम्फर (आयरल्यान्ड), वानिन्दु हसरंगा (श्रीलंका), कागिसो रबाडा (दक्षिण अफ्रिका), कार्तिक मेयप्पन (युएई) र जोसुवा लिटिल (आयरल्यान्ड) ले पनि ह्याट्रिक विकेट लिएका छन्।

कमिन्सले १८ औँ ओभरको अन्तिम दुई बलमा महमुदुल्लाह र मेहदी हसनलाई आउट गरेका थिए। उनले महमुदुल्लाह (दुई) लाई क्लिन बोल्ड र मेहदी (शून्य) लाई एडम जाम्पाबाट क्याच गराए। यसपछि कमिन्सले २० औँ ओभरको पहिलो बलमा तौहिद हृदयोय (४०)लाई आउट गर्दै ह्याट्रिक विकेट पूरा गरे।

प्रतिक्रिया दिनुहोस्