‘सुपर ८’ मा बङ्गलादेश अष्ट्रेलियासँग २८ रनले पराजित



काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ चरणमा अष्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले पराजित गरेको छ । आज बिहान वर्षाले खेल प्रभावित बनाएपछि ‘डकवर्थ एन्ड लुइस’ का आधारमा खेलाइएको खेलमा अष्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेकोे बंगलादेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।

जवाफी ब्याटिङमा आएको अष्ट्रेलियाले ११ दशमलव २ ओभरमा केवल दुई विकेट गुमाएर एक सय रन बनाएपछि वर्षाले खेल प्रभावित भएको थियो । वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अष्ट्रेलिया विजयी भएको हो ।

जितसँगै ‘सुपर–८’ चरणको ‘समूह–१’ तालिकामा रहेको अष्ट्रेलियाको दुई अङ्क भएको छ । सोही समूहमा रहेको भारतको पनि २ अङ्क नै भएको छ । भारतले गएराति अफगानिस्तालाई हराएको छ । बङ्गलादेश र अफगानिस्तान भने आफ्नो पहिलो खेलमै पराजित भएका छन् ।

समूह २ मा एक एक खेल जितेका इङ्ल्याण्ड र दक्षिण अफ्रिका क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्