हनि ट्रयापर’ शोभा पाठक पक्राउ



काठमाडौँ ।  ‘हनि ट्रयाप’मा पार्ने जानुका उर्फ शोभा पाठक पक्राउ परेकी छन्। शोभालाई आज ललितपुरको पुल्चोकबाट पक्राउ गरिएको हो । साइबर ब्युरोका एसपी दिपकराज अवस्थीका अनुसार शोभालाई सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गर्ने लगायतका आपराधिक कार्य गरेको उजुरीका आधारमा  पक्राउ गरिएको हो ।

पछिल्लोसमय एकपछि अर्को भिआइपीसँग नाम जोडिँदै आएकी शोभाको वास्तविक नाम हो जानुका हो । धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका– ७ निवासी जानुका पाठक उर्फ ‘शोभा’ ३१ वर्षीया शोभाले हालसम्म चौथो पटकसम्म बिहे गरिसकेको पाइएको छ। उनले आफ्नो लाभकै लागि विभिन्न व्यक्तिसँग सम्बन्ध जोड्ने र ब्याल्कमेल गरेर ‘हनि ट्रयाप’मा पार्ने गरेको उजुरी उनी विरुद्ध रहेको छ ।

शोभाले विभिन्न व्यवसायी, राजनीतिक दलका नेता तथा सुरक्षाकर्मीसहित विशिष्ट व्यक्तिहरूसँगको सम्बन्ध सार्वजनिक गर्दै आएको पाइएको छ। विभिन्न कार्यक्रममा भेट भएको बेला फोटो लिइहाल्ने र सम्बन्ध बनाउँदै बार्गेनिङ समेत गर्ने गरेको पाइएको छ।

शोभा पैसा र पावरवाला व्यक्तिलाई आफ्नो चङ्गुलमा फसाई आफ्नो स्वार्थ पुरा गर्न माहिर मानिन्छन्। पछिल्लो समय शोभाले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, वहालवाला परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व गृहमन्त्री वामदेव गौतम र पूर्वमन्त्री महेश बस्नेतसँगका तस्बिर सार्वजनिक गर्दै आएकी थिइन्।

उनले नेताहरूसँग आफ्नो सम्बन्ध रहेको देखाउँदै विभिन्न व्यक्तिसँग काम गरिदिने भन्दै रकम समेत लिएको बताइन्छ। प्रचण्ड सरकारमा रहेका वहालवाला एक जना मन्त्रीले त शोभासँग पटक–पटक भिडियो अडियो कल गरेको देखिन्छ। जहाँ शोभाले आइ लभ यु सम्म भनेर दुई जनाको फोटो जोडेर म्यासेज समेत पठाएको पाइएको छ।

यति मात्र होइन, उनले महेश बस्नेतविरुद्ध बलात्कार मुद्दा पनि हालेकी थिइन्। तर सो मुद्दा अहिले प्रमाण नभेटिएको भन्दै तामेलीमा छ।

प्रतिक्रिया दिनुहोस्