गृहमन्त्रीको अभिव्यक्तिमा प्रधानमन्त्रीफले जवाफ दिनुपर्ने



गगन थापा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेको छ ।

आइतबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै काँग्रेस सांसद एवं महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने बताएका हुन् ।

‘कि प्रधानमन्त्रीले अर्न गर्नुस् । होइन भने सदनबाट हटाउन भन्नुस्’ थापाले भने, ‘होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ । यही सदनमा लिइन्छ ।’साथै उनले रविले संसद्मा बोल्ने गरेका हरेक विषयको प्रमाण पेस गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्