घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?



काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलामा १ लाख ३८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७५० रुपैयाँ थियो । त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्