अब नेपालीले रुस र युक्रेन जान नपाउने 



काठमाडौँ । युद्धग्रस्त मुलुक रसिया र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाइएको छ । रसिया–युक्रेनबिच जारी युद्धका लागि नेपाली नागरिकहरू रुसी सेनामा भर्ना भइरहेको भन्दै दुई देशमा श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । श्रम स्वीकृतिमा रोक लगाएसँगै अब कुनै पनि नेपालीले रोजगारीका लागि यी दुई देशमा जान पाउने छैनन् ।

विभागले सूचना जारी गर्दै यी दुई देशमा वैदेशिक रोजगारीका लागि दिँदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मलाई स्थगन  गरिएको जानकारी गराएको हो हो ।

प्रतिक्रिया दिनुहोस्