प्रधानमन्त्रीको रिपोर्ट कार्ड चाहियो : शेखर



काठमाडौँ । नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रिपोर्ट कार्डको माग गरेका छन् ।नेता कोइरालाले पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौँ नछोड्न मन्त्रीहरूलाई भनेको आफूले सुनेको बताए ।

नेपाली काँग्रेसको नुवाकोट जिल्ला सम्मेलनमा कोइरालाले भने, म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु । हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू, तपाईँको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ ।’ संसदीय व्यवस्थामा मन्त्रीले गरेको जसर अपजसको भागिदार पनि प्रधानमन्त्री हुने नेता कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्