युक्रेनलाई ठुलो झट्का, हंगेरीद्धारा ५५ अर्ब डलरको कोषमा प्रतिबन्ध 



काठमाडौँ । युरोपेली सङ्घको सदस्यताका लागि वार्ताको सहमति भएको केही घण्टापछि हंगेरीले युक्रेनलाई ठुलो झट्का दिएको छ । युक्रेनका लागि जुन उद्देश्यका साथ सदस्यताका लागि वार्ता सुरु भएको थियो, त्यो नै अहिले असफल हुँदै गएको देखिन्छ । युरोपेली सङ्घले युक्रेनलाई ५५ अर्ब डलर दिने थियो तर हाङ्गिरले स्वीकृत गरेनन् ।

भिक्टर ओर्बानको अवरोधपछि न्युजिल्याण्डका प्रधानमन्त्री मार्क रुटेको बयान आएको हो । उनले भनेका छन्, ‘हामीसँग अझै समय छ, युक्रेनसँग यो युद्ध लड्नका लागि केही साता पैसा छ । तर, ओर्बानको बारेमा पनि एउटा धारणा छ कि उनले यो सबै शोका लागि गरिरहेका छन्। वास्तवमा उनी युक्रेनको सदस्यताको विरोध गर्दै छन् तर हिजो यस विषयमा मतदान हुँदा उनी समिट रुमबाट बाहिरिएका थिए ।

युक्रेनलाई युरोपेली सङ्घको सदस्यता दिने वार्ता स्वीकृत हुँदा पनि हंगेरी सरकारले अवरोध खडा गरेको हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेन अझै युरोपेली सङ्घको सदस्यताका लागि पूर्णपुरमा तयार नभएको बताए । युक्रेनको साथमा छ, जबकि हंगेरी युक्रेनको विरोधमा निरन्तर लागिरहेको छ।

युक्रेनले पहिले नै कोषको अभावसँग सङ्घर्ष गरिरहेको बेला हंगेरीबाट यो प्रहार भएको हो। युक्रेनले अमेरिकाबाट सहयोगको अपेक्षा गरेको छ तर त्यहाँ पनि वार्ता हुन सकेको छैन । रिपब्लिकन पार्टीका अधिकांश नेता युक्रेनलाई थप रकम नदिने पक्षमा छन् । युक्रेनले यहाँबाट कस्तो बाटो लिन्छ, विश्वले हेरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्