एनसेल प्रकरणमा गलत प्रचार भएको प्रधानमन्त्रीको ठहर 



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल प्रकरणमा तल्लो स्तरबाट गलत प्रचार गरिएको बताएका छन् । सोमबार प्रेस सेन्टर नेपालले पेरिस डाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एनसेल प्रकरणमा तल्लो स्तरबाट गलत प्रचार भएको भन्दै बचाउ गरेका हुन् ।

बैठकमा उनले अतिवादी, अराजकतावादी निकै आतङ्कित भएका भन्दै उनीहरूले व्यवस्था, परिवर्तनमाथि निकै प्रहार गरेकोमा चिन्ता व्यक्त गरे । प्रचण्डले भने,  ‘म युएई मा भएको बेला एनसेल खरिद बिक्री भयो भन्ने सुनेँ । यसमा सतर्कतापूर्वक अनुसन्धान गर्न मैले उतैबाट निर्देशन दिएँ । नेपाल आएको भोलिपल्टै यसमा के कस्तो प्रभाव पर्छ भनेर मुख्य सचिवसहित सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएँ । त्यति मात्र नभई गठबन्धनलाई पनि विश्वासमा लिनुपर्छ भनेर यो स्वाभाविक छैन । यहाँ गडबड छ भन्ने लागेर बैठक बोलाएँ । लगत्तै क्याबिनेट बैठकबाट छानबिनका लागि समिति गठन भयो । तर अतिवादीहरूबाट घटिया रूपमा प्रचार र दुष्प्रचार गरियो । तपाईँ कल्पना गर्नोस् यति तल्लो तहबाट प्रचार भएका छन् त्यसलाई प्रतिवाद गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्