सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायका प्रमुखहरूसँग देशको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । ब्रिफिङ सुनिसकेपछि प्रधानमन्त्री प्रचण्डले देशको सुरक्षा अवस्था सामान्य रहेको जनाएको छन् ।

शुक्रवार बिहान तनहुँको आँबुखैरेनीमा आयोजित कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री प्रचण्डले  बिहान मात्रै  सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको र देशको अवस्था सामान्य रहेको बताएका छन् ।

जनताको निकै ठुलो सङ्घर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस भइरहेको दोहो¥याउँदै त्यसलाई एकताबद्ध भएर परास्त गरिने समेत बताए । उनले भने, ‘नेपाली जनताले निकै ठुलो सङ्घर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगले अधिकार पाएका छन् । केही तत्वलाई जनताले अधिकार पाएको कुरा पचेको छैन । उनीहरू विभिन्न षडयन्त्रमा लागेका छन् । १२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकै ठाउँ छौँ । त्यसैले प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस्