कोहलीले ओडीआईमा ५० औँ शतक बनाए



विराट कोहली

काठमाडौँ । टीम इन्डियाका स्टार ब्याट्सम्यान विराट कोहलीले विश्वकप २०२३ को सेमिफाइनलमा इतिहास रचेका छन् । मुम्बईको वानखेडे स्टेडियममा न्यूजिल्याण्ड विरुद्धको खेलमा कोहलीले आफ्नो एकदिवसीय करियरको ५० औँ शतक प्रहार गरेका छन्।

भारतका यी शक्तिशाली ब्याट्सम्यानले सचिन तेन्दुलकरको ४९ शतकको कीर्तिमान पनि तोडेका छन् । यो विश्वकपमा विराटको तेस्रो शतक हो । उनी कुनै एक विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् । सन् २००३ को विश्वकपमा सचिन तेन्दुलकरले ६७३ रन बनाएका थिए । कोहलीले त्यो पनि तोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्