बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ। शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । लगातार तीन दिन घटेको सुनको मूल्य शुक्रवार बढेको छ । बिहीबार प्रतितोला एक हजार रुपैयाँले घटेको सुनको मूल्य शुक्रवार एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाल सुन प्रतितोला एक लाख १४ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसै गरी, शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार प्रतितोला १४ सय रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो।

प्रतिक्रिया दिनुहोस्