न्यूजिल्याण्ड दक्षिण अफ्रिकासँग १९० रनले पराजित, पाकिस्तानलाई पनि महत्त्वपूर्ण 



न्यूजिल्याण्ड दक्षिण अफ्रिका

काठमाडौँ । भारतमा जारी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई १९० रनको फराकिलो अन्तरले हराएको छ । भारतको पुनेमा भएको खेल जित्न दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई ३५८ रनको लक्ष्य दिएको थियो ।

जवाफमा ३५.३ ओभरमा १६७ रन बनाउँदा न्यूजिल्याण्ड अलआउट भयो । उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए । विग योङले ३३ र डेरल मिचेलले २४ रन बनाए भने अरुले दोहोरो अङ्कको रन जोड्न सकेनन् ।

 टस जितेको न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो दियो । डेभिड मिलर, हेनरिक क्लासन र एडिन मार्करमले तीव्र गतिमा रन जोडे । मिलरले ३० बलमा ५३ रन बनाएपछि दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर ३५७ रन बनायो ।

जित पाकिस्तानलाई सेमिफाइनलको रेसमा रहिराख्न दक्षिण अफ्रिकाको जित महत्त्वपूर्ण रह्यो । पाकिस्तानले ७ खेलबाट ६ अङ्क जोडेको छ । यदि न्यूजिल्याण्डले यो खेल जितेको भए पाकिस्तानको सेमिफाइनल सम्भावना कठिन हुने थियो । तर हारपछि न्यूजिल्याण्डको ८ अङ्क मात्र रह्यो र, उसले आउने खेल पाकिस्तानसँग नै खेल्नुपर्नेछ । यदि पाकिस्तानले त्यो खेल जित्यो भने अङ्क बराबरी हुन्छ । यत्तिले मात्र सेमिफाइनलमा भने पुग्दैन, बाँकी दुई खेलमा पनि ठुलो अन्तरले जितेर रन रेट बढाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्