पोर्चुगलको जितमा रोनाल्डोको २ गोल



काठमाडौँ । युरोपेली च्याम्पियनसिप (युरो कप) छनोटमा सोमबार पोर्चुगलले फराकिलो अन्तरको जित दर्ता गरेको छ। पोर्चुगलले बोस्निया ७ हर्जेगोभिनालाई ५-० ले पराजित गरेको हो।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोको २ गोल गर्दा जोआओ क्यान्सेलो, जोआओ फेलिक्स र ब्रुनो फर्नान्डेजको समान १ गोल रह्यो। सबै गोल पहिलो हाफमा भएका थिए।

पोर्चुगलको खेलमा अग्रता पाचौं मिनेटमा आएको थियो। रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेलमा अग्रता बनाएका थिए। रोनाल्डोले नै २०औँ मिनेटमा अग्रता दोब्बर बनाए। फेलिक्सको पासमा उनले गरेको गोल सुरुमा अफसाइड दिइएको थियो। तर भिएआरले रेफ्रीको निर्णय उल्टाएपछि अन्तर बढ्यो ।

त्यसको ५ मिनेट पछि फर्नान्डेजले गोल थपे। उनले इनासियोको लामो पासलाई नियन्त्रणमा लिँदै गोल गरेका थिए। ३२औँ मिनेटमा क्यान्सेलोले चौथो गोल गरे। उनले बक्सको छेउ बाट गरेको सटिक प्रहारले जाली चुमेको थियो।

फेलिक्सले ४१औँ मिनेटमा पोर्चुगलको अग्रता ५ गोलको बनाए। उनले फर्नान्डेजको पासमा गोल गरेका थियो। उनको गोल रेफ्रीले सुरुमा अफसाइड दिएपनि पछि भिएआरको मद्दतमा निर्भणय परिवर्तन भएको थियो।

युरो कपमा छनोट भइसकेको पोर्चुगलको ८ खेलमा २४ अङ्क छ। समूहको दोस्रो स्थानमा रहेको स्लोभाकियाको समान ८ खेलमा १६ अङ्क छ। पराजित बोस्निया ९ अङ्क सहित पाँचौँ स्थानमा छ।

सोही समूहमा आइसल्याण्डले लिकटेन्स्टाइन लाई ४९० ले पराजित गर्दा स्लोभाकियाले लक्जेम्वर्ग लाई १-० ले हराएको थियो।यस्तै समूह बी का खेल हरुवा आयरल्यान्डले गिब्राल्टार माथि ४९० को जित निकाल्दा नेदरल्याण्ड्सले ग्रिस माथि १-० को जित निकालेको छ।

नेदरल्याण्ड्सको जितमा कप्तान भर्जिल भान डाइकले खेलको अन्त्यमा अतिरिक्त समयमा पेनाल्टी मार्फत गोल गर्दै जित निकालेका हुन्।

यस समूहमा फ्रान्सको ६ खेलमा १८ अङ्क रहेको छ भने दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सको ६ खेलमा १२ अङ्क छ। तेस्रो स्थानमा रहेको ग्रिसको पनि सात खेलमा समान १३ अङ्क छ। समूहको शीर्ष दुई टोली अर्को वर्ष जर्मनीमा हुने युरो कपका लागि छनोट हुने छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्