भन्सार छलीका सामान बरामद



काठमाडौँ । कैलाली र कञ्चनपुरबाट तीन लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ सुकासालबाट र कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ त्रिनगरबाट भन्सार छलीका सामान बरामद गरिएको हो।

प्रहरीका अनुसार कञ्चनपुरबाट २ लाख ७५ हजार मूल्यका चिनी, मिस्री, नरिवल तथा सुर्ती र धनगढीबाट २६ हजार मूल्य बराबरका चामल र गहुँ बिहीबार साँझ बरामद गरिएको हो। उक्त सामान प्रहरीले भन्सार कार्यालयहरूमा बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्