रुसी नौसेनाको बैठकमा युक्रेनद्वारा मिसाइल आक्रमण



काठमाडौँ । युक्रेनले रुसको सेवास्तोपोल भन्ने स्थानमा नौसेनाका अधिकारीहरूलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ । आक्रमणमा परी दर्जनौँको मृत्यु भएको र घाइते भएको दाबी युक्रेनको सेनाले गरेको छ । तर रुसले भने आक्रमणपछि एक जना सम्पर्कविहीन भएको जनाएको छ ।

रुसको ब्ल्याक सी क्षेत्रका कमान्डरहरू सेवास्तोपोल भन्ने स्थानमा बैठक बसिरहेको बेला सोही बैठकलाई लक्षित गरी युक्रेनले शुक्रवार आक्रमण गरेको थियो । सेवास्तोपोललाई रुसी नौसेनाको सबैभन्दा बलियो अड्डा मानिन्छ ।

आक्रमणमा स्टोर्म श्याडो मिसाइलको आक्रमण गरिएको थियो । यो मिसाइल युक्रेनलाई फ्रान्स र बेलायतले उपलब्ध गराएका थिए । युक्रेनको सेनाले संक्षिप्त सूचना जारी गर्दै भनेको छ, ‘यो हमलाबाट दर्जनौँ मारिएका छन् र घाइते भएका छन् । यो अड्डामा जहाज व्यवस्थापनका शीर्ष व्यक्तिहरू थिए ।’ तर रुसले भने युक्रेनको आक्रमणपछि एक जना सम्पर्कविहीन भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्