एमसीसीको विरोध गरेर क्रान्तिकारी हुने भए मोहनविक्रमजीले १०० सिट जित्थे : माधव नेपाल 



काठमाडौँ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधनसहित सांसदबाट पारित नगरको भए नेपालको तल पर्ने दाबी गरेका छन् । एकीकृत समाजवादीले काठमाडौँले सोमबार गरेको कार्यक्रममा उनले आफ्नो अडानका कारण एमसीसी सम्झौता संशोधन भएको दाबी गरेका हुन् ।

कार्यक्रममा नेपालले पूर्व प्रधानमन्त्री झलनाथ खनालप्रति इङ्गित गर्दै एमसीसीको  गीत गाएर पार्टी कमजोर बनाउने र अमेरिकाको स्वार्थ संरक्षण गरेको आरोप लगाए ।

‘ नेपालले भने, केही केही मान्छेको गीत नै के छ भने एमसीसीलाई अस्वीकार गर्नुपर्थ्यो । त्यो गरेर हामीलाई सरकारबाट फाल्दिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकनको स्वार्थको रक्षा हुने, विदेशीको हालीमुहाली चल्दा तमासा हेरेर बस्ने, अनि जनताले हामीलाई वाहा वाहा क्रान्तिकारी भनेर साथ दिने थिए भनेर हवाई कल्पना गरेर मात्र  केही हुने थिएन । हामी सबैलाई थाहा छ । एमसीसीको घोर विरोध गरेको नेपाल मजदुर किसान पार्टी वाही वाहीको सिकार हुन्थ्यो भने अहिले देशभर फैलिसक्थ्यो । मोहनविक्रमजीको पार्टीलाई भोटै भोट खसालेर १०० सिट दिने थिए ।’ एमसीसीलाई लिएर नेकपा एसभित्र झलनाथ खनाल कडा रूपमा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्