सुनचाँदीको मूल्य बढ्यो



काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रवार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ ।

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले चाँदी १ हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्