सुन तस्करीमा पक्राउ परेका ३२ जनालाई अदालत लगियो



काठमाडौँ । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई  अदालत लगिएको छ । उनीहरूलाई म्याद थपका लागि अदालत लगिएको हो ।  यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि अदालत लगेको हो ।

ब्युरोले आजै सीआईबीले गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउँदै छ । सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी कुल ५० जनालाई मुद्दा चलाउन  काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्