ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी भएको 



काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।  ६० किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालय, काठमाडौँमा प्रतिवेदन  बुझाएको हो । त्यसअघि आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख किरण बज्राचार्यले दिएको जानकारी अनुसार ५० जनालाई प्रतिवादी बनाएको छ । २ साउनमा बरामद भएको ब्रेक सुमा ६० किलो बढी सुन बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्