रोनाल्डो अनुपस्थित खेलमा पोर्चुगलको जित



काठमाडौं । क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रेको पोर्चुगलले लक्जेमबर्गलाई को फराकिलो अन्तरले हराएको छ ।
रोनाल्डोले लगातार दुई खेलमा पहेलो कार्ड पाए पछि यो खेल गुमाएका थिए ।

पोर्चुगलको घरेलु मैदान इस्ताडियो अलगार्भेमा भएको खेलमा पोर्चुगलले लक्जमबर्ग विरुद्ध ९-० को गोल अन्तरको जित निकालेको हो ।

पोर्चुगलको जितमा गोन्कालो रामोस, डिफेन्डर गोन्कालो इनासियो र डिएगो जोटाले समान २-२ गोल गरे । भने, जोअ‍ाअ‍ो फेलिक्स, डिएगो होर्टा र ब्रुनो फर्नान्डेजले समान १-१ गोल थपे ।

पहिलो हाफमै ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा ५ गोल थपेको थियो । समूह ‘जे’मा रहेको पोर्चुगलको छ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । पराजित लक्जेम्बर्ग ६ खेलमा १० अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्