युरोप भ्रमण छोट्याएर आइतबार नै स्वदेश फर्किँदै माधव नेपाल



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले युरोप भ्रमण छोट्याउँदै आइतबार स्वदेश फर्कने भएका छन् । स्वीट्जरल्यान्डबाट दुई दिनअघि स्पेन गएका नेपाल म्याड्रिडस्थित नेपाली दूतावासमा छन् ।

पूर्व प्रधानमन्त्री नेपाल आइतबार म्याड्रिडबाट कतार एयरलाइन्स हुँदै नेपाल फर्कन लागेको जनाइएको छ ।

ललितानिवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले हालै पिरामिडको माथिल्लो तहसम्म छानबिन गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि विदेश भ्रमणमा गएको भन्दै आलोचना खेपिरहेका बेला उनले १० दिने भ्रमणलाई छोट्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्