निजी क्षेत्रद्वारा प्रवर्द्धित बुद्ध एयरले नयाँ विमान थप्यो 



काठमाडौँ । निजी क्षेत्रद्वारा प्रवर्द्धित बुद्ध एयरले नयाँ विमान थपेको छ । बुद्धले १६ औँ एटीआर विमान थपेको हो ।

कम्पनीले अमेरिकाको नर्डिक एभिएसनमार्फत आफ्नो १६ औँ विमान किनेको हो । कम्पनीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजबाट ७० सिट क्षमताको एटीआर ७२ जहाज किनेको जनाएको छ ।

फ्रान्सबाट नेपालका लागि उडेको यो विमान अल्बानिया, साइप्रस, साउदी अरब र ओमान हुँदै काठमाडौँ आइपुगेको हो । बुद्ध एयर नेपालको आन्तरिक उडानतर्फको अग्रणी हवाई कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्