युक्रेनको रक्तसञ्चार केन्द्रमा रुसको आक्रमण



काठमाडौँ । रुसले युक्रेनको रक्त सञ्चार केन्द्रमा आक्रमण गरेको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले शनिबार राति खार्किब क्षेत्रमा रहेको रक्तसञ्चार केन्द्रमा रुसले बम आक्रमण गरेको बताएका छन् ।

उनले सार्वजनिक गरेको फोटोमा आक्रमणपछि रक्त सञ्चार केन्द्रमा आगो लागेको देखिन्छ । सो आक्रमणमा परि केहि मृत्यु भएको छ भने सो सङ्ख्या खुलाइएको छैन ।

रुसले हाल पूर्वी सीमा क्षेत्रमा सैनिकहरूलाई केन्द्रित गरेर आक्रमण गर्दै आएको छ ।यसै गरी युक्रेनले शनिबार नै रुसको तेल बोकेको एक पानी जहाजमा आक्रमण गरेको छ । ब्ल्याक सीमा रहेको पानी जहाजमा युक्रेनले ड्रोनमार्फत् आक्रमण गरेको रुसी अधिकारीहरूले बताएका छन् । सीएनएनका अनुसारका सो पानी जहाजमा ११ जना थिए । उनीहरू सकुशल छन् । तर पानी जहाजको इन्जिनमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्