![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2023/06/Untitled-design-47-1.png?fit=1000%2C562&ssl=1)
काठमाडौँ । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन नेपाल भित्रिएको हो । आज नेपाल आगमन भएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ ।
नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन फैलिँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको रहेको छ । विभागको अनुमान स्थान अनुसार फरक फरक रहेको छ ।
कहाँ कस्तो वर्षा :