मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलवार अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि पौडेललाई मङ्गलवार बिहान काठमाडौँको बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो ।

उनलाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार थालिएको अस्पताल श्रोतले जनाएको छ । पौडेललाई मङ्गलवार दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्था परीक्षण गरिने जनाइएको छ । यसअघि शनिबार पनि  उनको  गङ्गालालमै स्वास्थ्य परीक्षण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्