माधव नेपालको अभिव्यक्तिबाट झस्किएका प्रचण्डले के भने ?



काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सबै क्षेत्रलाई समेट्न नसकेको भन्दै अहिले सरकारमा रहेका सत्ताधारी पार्टीहरूलेनै सरकारको बिरोध गरिरहेका छन् ।

यसै बीच नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष समेत ररहेका माधवकुमार नेपालले भने अहिलेको सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट नसच्याए सरकारबाट बाहिरिने चेतावनी दिएका थिए ।

सरकारमा रहेका पार्टीले नै काउन्टर दिएपछि प्रधानमन्त्री प्रचण्ड भने यतिखेर सत्ताको मारमा परेका छन् । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीलाई सरकारमा बसेर बजेटको विरोध नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर  बजेटको विरोध नगर्न आग्रह गरेका हुन् ।

सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेट एकीकृत समाजवादीका सांसद र नेताहरूले निरन्तर विरोध गर्न थालेपछि प्रचण्डले उनीहरूलाई बोलाएर छलफल गरेका हुन् ।

आर्थिक सङ्कट भएकाले धेरै योजना कार्यक्रम समेट्न नसकिएको प्रचण्डले समाजवादीका नेताहरूसँगको भेटमा प्रस्ट पारेका जनाइएको छ ।  धेरै विकास निर्माण र योजनामा कार्यक्रम समेट्ने इच्छा  रहेपनि सरकारले सबैलाई सम्बोधन गर्न नसकेको बताउँदै आएको छ । आगामी आर्थिक वर्षको बजेटमा एकीकृत समाजवादीका योजनाहरू नसमेटिएपछि विरोध जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्