सरकारले बजेट नसच्याए सरकार ढाल्ने माधव नेपालको चेतावनी



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार  ढलाउने चेतावनी दिएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले  सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट नसच्याए अहिलेको सरकार ढल्ने बताएका हुन् ।

नेपालले बजेटमा सबै जना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिए । उनले बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै आएका छन् ।

नेकपा एकीकृत समाजवादी दुई मन्त्रालयसहित  अहिलेको प्रचण्ड नेतृत्वको सरकारमा रहेको छ । अहिले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सरकारमा रहेको विभिन्न पार्टीका नेता तथा सांसदहरूले विरोध जनाइरहेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा अहिलेको सरकारको आयु अडिएको देखिएको छ ।

अध्यक्ष नेपालले भारतीय नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा राख्नेकुरालाई भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको बताए छन् ।

प्रतिपक्ष दलले भने, सरकारले बजेट ल्याएको दिन नै सरकारको बजेटको विरोध जनाएको थियो । प्रतिपक्ष दल एमालेले सरकारको बजेटले अहिलेको देशको आर्थिक समस्यालाई सम्बोधन नगरेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्