राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार 



काठमाडौँ । फोक्सोमा समस्या देखिएपछि उपचारका लागि भातको नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई बुधवार एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्