राष्ट्रपति पौडेलको  भारतमा उपचार हुँदै 



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । पौडेलको अहिले अल इन्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेस ‘एम्स’ मा  उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सक र परिवारको सल्लाहमा राष्ट्रपतिलाई बुधवार बिहान भारत लगिएको हो । श्री एयरलाइन्सको विमानबाट राष्ट्रपतिसँगै उनका परिवारका सदस्य, निजी चिकित्सक नीरज बमसहित ७ जना चिकित्सकको टोली छ ।

चिकित्सकका अनुसार पौडेलको बायाँ कोखामा समस्या देखिएको छ । राष्ट्रपति पौडेल १८ चैतमा पेटको समस्या लिएर अस्पताल पुगेका थिए । ।पुनः समस्या देखिएपछि राष्ट्रपति पौडेललाई फ्लोअपका लागि ४ वैशाखमा अस्पताल पुगेका थिए । त्यस बेला सङ्क्रमण नघटेपछि चिकित्सकले पानी तानेर परीक्षणका लागि शिक्षण अस्पतालको प्रयोगशालामा पठाएका थिए ।

त्यसपछि मङ्गलवार राष्ट्रपति पौडेल पुनः अस्पताल पुगे । अस्पताल भर्ना भएपछि मङ्गलवार छातीको एमआरआई र सिटी स्क्यान पनि गरिएको थियो । पौडेलले राष्ट्रपति हुनुअघि पनि एम्सका चिकित्सकको सल्लाह सुझाव अनुसार नै औषधि खाइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्