पेटमा र छातीमा  समस्या देखिएपछि राष्ट्रपति पौडेल पुनः अस्पताल भर्ना



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि आज मङ्गलबार पुन: अस्पताल भर्ना हुनु भएको छ । राष्ट्रपतिलाई श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सकको सुझाव अनुसार अस्पतालमा भर्ना गरिएको हो।

सुरुमा पेटमा र पछि छातीमा समस्या देखिएपछि राष्ट्रपति निरन्तर चिकित्सकको निगरानीमा थिए । राष्ट्रपतिको फोक्सोको तल्लो भागको पानी झिकेर परीक्षणका लागि पठाइएको छ।  यसअघि राष्ट्रपति पौडेल चैत १८ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारार्थ भर्ना हुनुभएर चैत २२ गते डिस्चार्ज  भएका थिए ।

प्रतिक्रिया दिनुहोस्