आर्थिक रूपमा युक्रेन देश नै रहेन : हंगेरी प्रधानमन्त्री



काठमाडौँ । हङगेरीका प्रधानमन्त्री भिक्टर ओर्भानले युक्रेन आर्थिक रूपमा देश नै नभएको बताएका छन् । युक्रेन९युद्धमा युक्रेनलाई हतियार र आर्थिक सहयोग नगरेर कूटनीतिक माध्यमले समस्या हल गर्नुपर्ने तर्क गर्दै  भिक्टर ओर्भानले युक्रेन आर्थिक रूपमा देश नै नभएको बताएका हुन् ।

आर्थिक रूपमा क्षतविक्षत भएको युक्रेनको तलबदेखि पेन्सन हुँदै स्वास्थ्य सेवाहरू सबै युरोपेली सङ्घले तिरेको भन्दै ओर्भानले यस्तो बताएका हुन् । वास्तवमा आर्थिक आधारमा युक्रेन देश नै रहेन । युरोपेली सङ्घले सधैँ युक्रेनलाई पैसा दिनेछैन, ओर्भानले भने । शुक्रवार कोसुत रेडियोसँगको अन्तर्वार्तामा ओर्भानले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्