विराटको नाम वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलाबाट ‘आउट’



काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले वेस्ट इन्डिजसँगको टी–२० क्रिकेट शृङ्खला नखेल्ने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आज बिहीवार सार्वजनिक गरेको खेलाडीको सूचीमा विराट कोहलीको नाम अटाएको छैन । विराट कोहलीलाई आरामका लागि समय दिइएको दाबी गरे पनि पछिल्लो समय निकै खराब लयबाट गुज्रिएकाले उनलाई टिममा नराखेको अनुमान गरिएको छ ।

यस्तै जसप्रित बुमराह पनि १८ जनाको सूचीमा परेका छैनन्, रविचन्द्रन अश्विन भने टिममा फर्किएका छन् । भारतले यही जुलाई २९ तारिखदेखि वेस्ट इन्डिजसँग पाँच खेलको टी–२० शृङ्खला खेल्दैछ । टोलीमा रहेका केएल राहुल र कुलदीप यादवको स्वास्थ्य अवस्थाका कारण खेल्नेरनखेल्ने टुङ्गो छैन । राहुलले इन्डियन प्रिमियर लिग ९आईपीएल० पछिका खेल खेलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्