संसदीय समितिले प्रधानमन्त्रीलाई छलफलमा बोलायो



काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलमा बोलाएको छ ।

आइतबार बिहान १० बजे बस्ने समितिको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाइएको हो ।

बैठकमा नेपालको परराष्ट्र नीति कार्यान्वयनका सम्बन्धमा छलफल हुने बताइएको छ।

त्यस्तै, प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणको बारेमा पनि छलफल हुने छ। बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्