कांग्रेस विधानको प्रारम्भिक मस्यौदा तयार, विकल्पसहित सुझाव संकलन गर्ने



काठमाडौ‌ं: नेपाली कांग्रेसको विधानको प्रारम्भिक मस्यौदा तयार भएको छ। विधान मस्यौदा समितिले छलफलका लागि प्रारम्भिक मस्यौदा तयार भएको जानकारी दिएको हो। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार गरिएको पत्रकार सम्मेलनमा समितिका प्रवक्ता रमेश लेखकले पहिलो चरणको काम सकिएको बताए। सोमबारदेखि सातै प्रदेशमा तयार भएको प्रारम्भिक मस्यौदामाथि अन्तर्क्रिया र छलफल सञ्चालन गरिने बताए।

देशभरका कार्यकता तथा जिल्ला सभापतिसँग छलफलपछि मस्यौदालाई अन्तिम रुप प्रदान गरिने उनले जनाए।

विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधानका लागि तल्लो तहबाट अाएका सुझाव र हेटौंडामा सकिएको जिल्ला सभापतिको सम्लेनबाट आएका सुझावहरुलाई प्राथमिकता दिएको बताए। प्रारम्भिक मस्यौदामाथि प्रदेशमा छलफलका लागि लैजान सबैको सहमति भएको उनले जानकारी दिए।

सोमबारदेखि असोज १२ सम्ममा प्रदेश छलफल सकिने बताइएको छ। अहिलेको विधान बिपीकालीन कांग्रेसको विधानबाट डिर्पाचर हुन लागेको दाबी उनले गरे। संघीयता अनुरुप पार्टी संगठन बनाउन लागिएको खड्काले बताए।

सोमबारदेखि सातै प्रदेशका १२ स्थानमा विधानको मस्यौदामाथि छलफल चलाइने भएको छ। प्रदेश ७ र कर्णालीमा एक/एक स्थान र अन्य प्रदेशका दुई स्थानमा छलफल गरिने बताइएको छ।

प्रदेश १ मा आनन्द ढुगांना र नवीन्द्रराज जोशी, प्रदेश २ मा डा मिनेन्द्र रिजाल र डिना उपाध्याय, प्रदेश ३ मा दीलेन्द्र बडु र सिता गुरुङले छलफल चलाउने भएका छन्।

यसैगरी गण्डकी प्रदेशमा फरमल्लाह मन्सुर र अमरसिंह पुन, प्रदेश ५ मा रमेश लेखक र मदन अमात्य, कर्णाली  र प्रदेश ७ मा मीन विश्वकर्मा र प्रदीप पौडेललाई जिम्मेवारी दिइएको छ।


यस्ता छन्  कार्यक्रम

प्रतिक्रिया दिनुहोस्