स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भयो : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको उल्लेख गरेका हुन् ।

एमालेका सांसद्हरुले निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन नसकेको आरोप लगाएका थिए। त्यसको जवाफ प्रधानमन्त्री देउवाले फर्काएका हुन्। उनले देशभर एकैपटक एकैसाथ निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण कुरा भएको पनि स्पष्ट पारेका छन् ।

‘साधन र स्रोतको सिमितताका बीच पनि निर्वाचन समग्रतामा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको छ । छिटपुट घटनालाई निर्वाचनको समग्र प्रक्रियामा संशय व्यक्त गर्नु राम्रो होइन ।’

प्रतिक्रिया दिनुहोस्