![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2022/05/FSOgAyFacAEfsld.jpg.jpg?fit=1368%2C912&ssl=1)
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दाङ पुगेका छन् । नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनी दाङ पुगेका हुन् ।
‘प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न दाङ आउनु भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परिवारले जानकारी दिएका छन् । स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा प्रधानमन्त्री देउवा चुनावी सभामा व्यस्त भएका छन् ।